L O A D I N G
Drag

Experience the Magic of Nepali Culture on the Middle Eastern Cinemas with Neep Film!

‘गाउँ आएको बाटो’ बेइजिङ फिल्म फेस्टिभलमा छनोट

Neep Film > Blog > Filmy > ‘गाउँ आएको बाटो’ बेइजिङ फिल्म फेस्टिभलमा छनोट

Hi! How can we help You?

Nima Bhusal April 3, 2024

नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ चीनको बेइजिङ फिल्म फेस्टिभलमा छनोट भएको छ । बेइजिङ पानोरमा विधामा फिल्म छनोट भएको निर्माताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पहिलोपटक कुनै नेपाली फिल्म बेइजिङमा छनोट भएको हो ।

बेइजिङमा छनोट हुनुले यस क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको निर्माताले जनाएका छन् । ‘यस चलचित्रले नेपाली चलचित्रको विश्वमा दृश्यता बढाउन र अन्तर्राष्ट्रियकरणमा टेवा पुर्‍याउनेछ भन्ने आशा लिएका छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

दयाहाङ राई, पशुपति राई, प्रसन राई, प्रेम सुब्बा, केशव राई, सुम्निमा राई र राज थापाको मुख्य भूमिका रहेको ‘गाउँ आएको बाटो’ले राई समुदायको सामाजिक पृष्ठभूमि र गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावको कथा प्रस्तुत गर्छ ।

अमेरिकी छायाकार जोस हेरमले खिचेको यो फिल्मलाई भोजपुरको आमचोक, भोजपुर बजार, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायांकन गरिएको छ ।

 

यो खबर हामीले अन्लाईन खबरबाट लिएका हौँ ।