Drag

‘गाउँ आएको बाटो’ बेइजिङ फिल्म फेस्टिभलमा छनोट

Neep Film > Blog > Filmy > ‘गाउँ आएको बाटो’ बेइजिङ फिल्म फेस्टिभलमा छनोट

Hi! How can we help You?

नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ चीनको बेइजिङ फिल्म फेस्टिभलमा छनोट भएको छ । बेइजिङ पानोरमा विधामा फिल्म छनोट भएको निर्माताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पहिलोपटक कुनै नेपाली फिल्म बेइजिङमा छनोट भएको हो ।

बेइजिङमा छनोट हुनुले यस क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको निर्माताले जनाएका छन् । ‘यस चलचित्रले नेपाली चलचित्रको विश्वमा दृश्यता बढाउन र अन्तर्राष्ट्रियकरणमा टेवा पुर्‍याउनेछ भन्ने आशा लिएका छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

दयाहाङ राई, पशुपति राई, प्रसन राई, प्रेम सुब्बा, केशव राई, सुम्निमा राई र राज थापाको मुख्य भूमिका रहेको ‘गाउँ आएको बाटो’ले राई समुदायको सामाजिक पृष्ठभूमि र गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावको कथा प्रस्तुत गर्छ ।

अमेरिकी छायाकार जोस हेरमले खिचेको यो फिल्मलाई भोजपुरको आमचोक, भोजपुर बजार, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायांकन गरिएको छ ।

 

यो खबर हामीले अन्लाईन खबरबाट लिएका हौँ ।