Drag

‘डिग्री माइला’को ट्रेलरलाई दर्शकले रुचाए, फिल्म के होला ?

Neep Film > Blog > Filmy > ‘डिग्री माइला’को ट्रेलरलाई दर्शकले रुचाए, फिल्म के होला ?

Hi! How can we help You?

लगातार तीन वटा फिल्म असफल भएपछि केही दबाबमा परेका नायक दयाहाङ राईका लागि चैत्र ३० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘डिग्री माइला’ले खुशी दिने छनक देखाएको छ ।

५ दिन अगाडि रिलिज भएको फिल्म ‘डिग्री माइला’को ट्रेलरलाई दर्शकले रुचाएका छन् । यो फिल्मको ट्रेलरलाई १० लाख भन्दा बढी पटक युट्युबमा हेरिएको छ । नेपाली फिल्मको ट्रेलरले हिजोआज १० लाख भ्यूज पाउन निकै मुश्किल पर्ने गरेको छ ।

३० हजार भन्दा बढी लाइक पाएको यो ट्रेलरमा १३ सय भन्दा बढीले प्रतिक्रिया दिएका छन् । दर्शकले फिल्मको संवाद, नायक दयाहाङ राई र नायिका आँचल शर्माको जोडीलाई पनि रुचाएका छन् ।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो फिल्मको ट्रेलरमा समावेश संवादहरूलाई दर्शकले बढी मन पराएका छन् ।

फिल्ममा दया र आँचलको साथमा विजय बराल, माओत्से गुरुङ बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रकाश घिमिरे, कमलमणी नेपाल लगायतका कलाकारको पनि अभिनय छ ।

नयाँ बर्षको छेकोमा रिलिज हुन लागेकाले पनि फिल्मलाई अझ बढी फाइदा हुने देखिन्छ ।